बागमतीमा काँग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : डा. कोइराला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमतीमा काँग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : डा. कोइराला


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । साढे दुई महिनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति काँग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै काँग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले महाधिवेशनलाई लक्षित गरी अढाई महिनाका लागि काँग्रेस नेतृत्वमा सरकार बनाउन गरिएको प्रस्तावले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले अघि प्रश्न गरेका छन्, ‘सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?’

विभाजनसँगै एमालेका १३ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस