२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रात्रिकालीन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन कार्यदल बनाउने

अ+ अ-

काठमाडौँ । कोरोना महामारीबाट प्रभावित पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन गृह मन्त्रालयले कार्यदल बनाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक–एक जना प्रतिनिधि तथा सम्बद्ध व्यवसायीहरू सदस्य रहने छन् ।

ठमेल पर्यटन विकास परिषद्, दोहोरी व्यवसायी सङ्घ र रात्रिकालीन व्यवसायी सङ्घका प्रतिनिधिसँग हिजो (बुधबार) भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन र रात्रिकालीन व्यवसायका समस्या बुझ्न कार्यदल बनाउन लागिएको बताए ।

काठमाडौँको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सीखेल र पोखराको लेकसाइडमा सञ्चालित विभिन्न व्यापार व्यवसाय रातभर सञ्चालन गर्नुअघि त्यसको सकारात्मक र नकारात्मक पक्षबारे अध्ययन गर्दा राम्रो हुने उनले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने यी स्थानमा रात्रिकालीन व्यवसायहरूमा डिस्को र क्लब राति ३ बजेसम्म, दोहोरी र डान्स रेस्टुराँलगायत व्यवसाय राति १२ बजेपछि बन्द हुने गरेको व्यवसायीहरू बताउँछन् ।

मन्त्री खाँणले कुनै पेसा व्यवसायको सम्मान राष्ट्रको सम्मान भएकाले रात्रिकालीन व्यवसायलाई पनि सुरक्षित र सम्मानित पेसा व्यवसाय बनाउनुपर्नेमा जोड दिए । सरकार स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा रहेको छ, उनले भने– नागरिकको जीवन रक्षा पहिलो दायित्व हो नि ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्को तर्फबाट राजुमान डङ्गोल, दोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष दिनेश श्रेष्ठ र डान्सबार सङ्घका अध्यक्ष राजकुमार लामाले व्यवसाय बन्द हुँदा आर्थिक समस्या झेल्नु परेको गुनासो गरेका थिए ।

सरकारले बनाएको नीति नियम तथा स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाउँदै व्यवसायीहरूले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न मिल्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस