आजको मौसम : काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । आज (बिहीबार) काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका स्थान तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस