३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडामा कर्मचारी नभएपछि काममा ढिलाइ

अ+ अ-

काठमाडौँ । नागरिकको घर आँगनमै सिंहदरबार पुर्‍याइएको भन्दै स्थानीय सरकारलाई बलियो बनाउने कानूनी संरचना रहे पनि कर्मचारीको अभावमा काम हुन नसकेको जनप्रतिनिधिको गुनासो छ ।

कानूनी संरचना बलियो बने पनि राजधानीका वडामा कर्मचारीको अभावमा काम हुन सकेको छैन । काठमाडौँ महानगरपालिका–५ मा इञ्जिनीयर नहुँदा विकास निर्माणको बजेट नै फ्रिज भएको वडाध्यक्ष रमेश डङ्गोलले बताए । इञ्जिनीयरलगायत कर्मचारी नहुँदा आर्थिक वर्ष २०७७/२०७८ को विकास निर्माणका लागि वडामा आएको रु २५ लाख बजेट फ्रिज भएको उनले जानकारी दिए । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण हाँडीगाउँ र विशालनगर क्षेत्र भएको वडाका विकास निर्माणका काम प्रभावित भएका छन् ।

वडा कार्यालयमा छ महिनादेखि कार्यालय सहयोगी छैन । खरिदार नभएको एक महिना भयो । डेढ वर्षदेखि इलेक्ट्रिसियन पद खाली छ । इलेक्ट्रिसियन नभएपछि आफूले खल्तीबाट रु ८५ हजार हालेर ज्यालादारीमा इलेक्ट्रिसियनको काम गराएको वडाध्यक्ष डङ्गोलले सुनाए । कार्यालय सञ्चालन गर्न आवश्यक जनशक्ति नै नभएपछि काममा कठिनाइ भएको छ । स्थानीय श्याम महर्जजन जनप्रतिनिधिले विकास निर्माणका काम गर्न खोजे पनि जनशक्तिको अभावमा काम हुन नसकेको बताउछन् ।

‘महानगरपालिकाले आवश्यक कर्मचारी नदिँदा विकास निर्माणको काम प्रभावित भएको छ, तीन महिनाअघि सरुवा गरी वडामा पठाएका इञ्जिनीयरलाई दुई महिनामै अन्यत्र पठाइयो, कर्मचारीलाई सरुवा गरेको दुई वर्षसम्म त्यही कार्यालयमा काम गर्न दिनुपर्ने नियम पनि महानगरपालिकाले मिचेको छ, काम गर्ने इञ्जिनीयर वडामा आएको दुई महिनामै सरुवा गरेपछि एक महिनादेखि प्राविधिक काम ठप्प भएको छ’, उनले भने ।

हाँडीगाउँ, विशालनगरलगायत सांस्कृतिक सहर रहेको वडामा पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने भए पनि महानगरपालिकाको ध्यान नगएको वडावासी दुःखेसो पोख्छन् । पहिलेका इञ्जिनीयरले काम नगरेपछि आएका नयाँ इञ्जिनीयरलाई दुई महिनामै सरुवा गरेर महानगरपालिकाले सांस्कृतिकस्थलको विकासमा अवरोध गरेको वडावासी मङ्गलबहादुर श्रेष्ठको भनाइ छ । तीन महिनाअघि वडामा काम गरेका इञ्जिनीयर ११ः१५ बजे कार्यालय प्रवेश गरेर २ बजे अघि नै निस्कने गरेको जनप्रतिनिधिको गुनासो छ ।

वडामा आएर राम्रो काम गरिरहेका इञ्जिनीयरलाई दुई महिनामै सरुवा गर्न उठाइएको टिप्पणी र सदर गरेको फाइल महानगरपालिकाका प्रशासन प्रमुख युवराज खनालले देखाउन नसकेको वडाध्यक्ष डङ्गोलको भनाइ छ । प्रशासन प्रमुख खनालले माथिको आदेशमा सरुवा गरेको भन्दै फाइल नदेखाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस