जिप दुर्घटनामा दुई जना घाइते « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जिप दुर्घटनामा दुई जना घाइते


१३ आश्विन २०७८, बुधबार


पाल्पा। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा आज (बुधबार) बिहान बलेरो जिप दुर्घटना भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जिप तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिए। घाइतेको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानमा वर्ष २२ का रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवर रहेका छन् ।

दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस