उच्च अदालत पाटनबाट १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

उच्च अदालत पाटनबाट १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमइ बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस