पूर्वविद्यार्थी मञ्चद्वारा विद्यालयलाई सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वविद्यार्थी मञ्चद्वारा विद्यालयलाई सहयोग


१२ आश्विन २०७८, मंगलबार


तनहुँ । जिल्लाको भानुनगरपालिका–१३ ठूलोढुङ्गास्थित अरनिको माविका पूर्वविद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक सहयोग जुटाउन लागेका छन् । उक्त विद्यालयमा यही शैक्षिक सत्रदेखि आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि मञ्चले सहयोग गर्न आह्वान गरेको थियो । अहिले रकम सङ्कलन जारी छ ।

अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा वार्षिक एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र विद्यालयको आर्थिक स्रोत नभएपछि आर्थिक स्रोत जुटाउन थालिएको मञ्चका सचिव रामकृष्ण कुवँरले जानकारी दिए । पूर्वविद्यार्थी कोष स्थापना अभियानमा विदेशबाट मात्र नभई स्वदेशमा रहेका पूर्वविद्यार्थीले पनि सहयोगका लागि उत्साहित भएको उनले बताएइ । मञ्चले हालसम्म सङ्कलन गरेको रु साठी हजार सोमबार विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई हस्तान्तरण गरिसकिएको जनाएको छ ।

भानु घर भई हाल अष्टे«लिया रहेका प्रेम गुरुङबाट २५ हजार, भानु घर भई हाल मकाउ रहेका प्रकाश थापाबाट १० हजार तथा भानु घर भई हाल दुबई रहेका रबिन खड्काबाट १० हजार आर्थिक सहयोग गरेका छन् ।

भानु बर्खोला निवासी प्रेम गुरुङबाट पाँच हजार पाँच सय, पुलिमराङ निवासी युवराज गुरुङबाट पाँच हजार र महम्मद तालिम मियाबाट पाँच हजार पाँच आर्थिक सहयोग गरेकाले उक्त रकम प्रअ शाहलाई हस्तान्तरण गरिएको पूर्वमञ्चका सचिव कुवँरले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस