राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज वदनियतपूर्ण : अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज वदनियतपूर्ण : अध्यक्ष ओली


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनका लागि सरकारले ल्याइएको दल सम्बनधी अध्यादेश खारेज गर्नु षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार विहान बालकोट पुगेका थिए । भेटमा ओलीले संसदको अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र संसद चलिरहेका बेला राष्ट्रपतिमार्फत खारेज गर्नु षडयन्त्रपूर्ण र बदनियतपूर्ण भएको बताएका हुन् ।

कानुनमन्त्री. कार्कीसँगको भेटमा ओलीले अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको ठहर गर्दै कार्कीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश समेत पठाएका छन् ।

अध्यक्ष ओलीले अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको ओलीका प्रेस सल्लाहकार रामशरण बजगाइँले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस