२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीका आठ वटै सीमा नाका खुला

अ+ अ-

सर्लाही । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमा नाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमा नाका बन्द भएका थिए ।

नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमा नाका खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठ वटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

उनका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयअनुसार जिल्लाका आठ वटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चार वटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ ।

जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलङ्गवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए ।

सरकारले स्थल मार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, खोपको मात्रा पूरा गरेको, एन्टिजेनसमेत नेगेटिभ आएको हुनुपर्नेलगायत अड्चन राखेर सीमानाका खोल्ने निर्णय गर्दा नागरिकमा निराशा कायमै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए।

यता स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको मलङ्गवाका स्थानीयवासी रामकलेवर रायले बताए । नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउन जान पाउनुपर्ने उनको माग छ ।

बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवन नगरका विन्देश्वर महतोले बताए । खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस