प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण


११ आश्विन २०७८, सोमबार


लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन अनुरोध गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले हिजो (आइतबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी सो विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको सो विधेयकमा सञ्चारमाध्यम प्रकाशन प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेजस्ता प्रावधानप्रति काउन्सिलले असहमति जनाएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले बनाउने कानून संविधान र सङ्घीय कानूनसँग बाझिने गरी आएमा स्वतः खारेज हुने भएकाले सङ्घीय सरकारलाई पनि कानून निर्माणमा सहजीकरण गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस