२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसका मुद्दामा गम्भीर हुन लोसपा अध्यक्षको आग्रह

अ+ अ-

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा स्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।

जनकपुरधाममा हिजो (आइतबार) लोसपा महिला परिवारले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए ।

उनले मधेस समस्या समाधान गर्न हालसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए । देशमा सङ्घीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेसको मुद्दाको सवालमा जानकारी गराएको उनले स्पष्ट पारे ।

उनले मधेसका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएको र अहिले पनि त्यसमा कायम नै रहेको बताए। अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायत मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस