एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई कारबाही गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुरको पुलचोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

सेवाग्राहीले दिएको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली अस्पताल पुग्दा एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइएपछि तोकिएको दररेटभन्दा बढी शुल्क नलिने सर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको छ । 

एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएकोमा अस्पतालले बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस