सत्ता गठबन्धन बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सत्ता गठबन्धन बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

अब अध्यादेश फिर्ता लिन एकीकृत समाजवादीका नेताहरु सकारात्मक देखिएको भन्दै एक नेताले भने, ‘एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर टुङ्गो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको छ ।’

सत्तारुढ दलहरुसँग छलफल गरेर केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस