सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती विस्फोट, कम्तीमा ७ को मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती विस्फोट, कम्तीमा ७ को मृत्यु


१० आश्विन २०७८, आइतबार


काठमाडौँ। सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति भवन नजिकै गराइएको आत्मघाती कारबम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विस्फोट गराइएको हो ।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विस्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन् ।

मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ । सोमालियामा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतङ्ककारी सङ्गठनले विस्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्बद्ध सेनाले विस्थापित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस