काठमाडौँ । गगन थापाले काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । काँग्रेसले शनिबार स्थानीय तहको अधिवेशन गर्दै छ ।
नेता थापाले ट्विट गर्दै सङ्घीय संरचनामा स्थानीय तहको विकास, पार्टी सङ्गठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनौट हुने विश्वास व्यक्त गरेका छन् ।
‘नेपाली काँग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ र नगरपालिकाको अधिवेशन आजबाट प्रारम्भ हुदैछ । सङ्घीय संरचनामा स्थानीय तहको विकास, पार्टी सङ्गठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।
नेपाली कांग्रेस स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ/नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुदैछ।संघीय संरचनामा स्थानीय तहको विकास,पार्टी संगठन सवलिकरणसंगै पार्टी पुनर्निर्माणको लागि काविल नेतृत्व छनोट हुनेछ भन्ने विश्वास सहित अधिवेशनको सफलताको कामना गर्दछु।#कांग्रेसपुनर्निर्माण
— Gagan Thapa (@thapagk) September 25, 2021