काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दै छ । शुक्रबार सुरु हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
बैठकमा पार्टीको विधान महाधिवेशनका लागि स्थायी कमिटीले पारित गरेका तीनवटा प्रतिवेदनमाथि छलफल हुने एमालेले जनाएको छ। बैठकले ती प्रतिवेदन पारित गर्ने स्थायी समितिको निर्णय अनुमोदनसमेत गर्ने बताइएको छ ।
एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौँको गोदावरीमा हुँदैछ। त्यसको लागि पार्टी स्थायी कमिटीले राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा निरन्तर जारी राखेको विरोध प्रदर्शनबारे समेत छलफल हुने स्रोतले बताइएको छ ।