प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल


७ आश्विन २०७८, बिहिबार


दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पु¥याइने बताए ।

हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । ‘एक घरस् एक धारा अभियानअन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पुर्‍याउँछ’, उनले भने ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु ४४ लाख, म्याग्दे गाउँपालिकाले रु २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले रु ११ लाखको साझेदारी गरेका छन् । डिप बोरिङ प्रणालीबाट १४६ घरधूरीका ८०० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस