माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


७ आश्विन २०७८, बिहिबार


करेन्ट

मोरङ । खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा स्थित त्रिजुगा खोलमा माछा मार्ने क्रममा स्थानीय कामलिस माझीको हिजो (बुधवार) बेलुकी मृत्यु भएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राज राईका अनुशार, करेन्ट लागेर घाइते भएका माझीको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–६ सैतानपुरका माझीले आफ्नै घरबाट खोला सम्म लाइन लगेका थिए । खोलामा करेन्ट प्रवाह गरेर माछा मार्नु गैर कानुनी हो । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस