मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको वैठक बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको वैठक बस्दै


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न आज (बुधबार) सत्तासझेदार गठबन्धनको बैठक बस्ने भएको छ ।

बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताए । मन्त्रीपरिषद्लाई आजभोलि नै पूर्णता दिने तयारी स्वरुप बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

गगएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस