डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने


६ आश्विन २०७८, बुधबार


 काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्।

संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।

परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसङ्घको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । 

प्रधानमन्त्री बनेको झण्डै दुई महिनापछि देउवाले डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस