२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले बालबालिकाहरुलाई एक दिनमा ४० मिनेटमात्र टिकटक प्रयोग गर्न दिने

अ+ अ-

काठमाडौँ । केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ ।

विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा भने डुइनको नामबाट उपलब्ध छ ।

डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।

बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ ।

बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन् ।

चिनियाँ टिकटक डुइनमा खाता खोल्नका लागि न्यूनतम उमेरको कुनै हद तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ । जबकि टिकटकमा खाता खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु पर्दछ ।

चीन सरकारले किशोर किशोरीहरुको प्रविधिको अत्यधिक प्रयोगमाथि नियन्त्रण गर्ने कदम अगाडि बढाएसँगै डुइनले प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ ।

किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा बिदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन् ।

त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस