डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय


६ आश्विन २०७८, बुधबार


काठमाडौँ। सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाको अध्यक्षतामा हिजो (मंगलवार) बसेको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। यसअघि सहरी विकास मन्त्री भइसकेका खड्का नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।

उच्च स्रोतका अनुसार डा. खड्काको नाममा सहमति भएपछि आज (बुधबार) नै उनलाई शपथ खुवाइने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्री स्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस