कुलमानविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुलमानविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।

कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शमशेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जबराको एक नम्बर इजलासमा परेको छ ।

यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजलासमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस