काठमाडौँ । प्रहरीले ९२ जना कर्मचारीलाई पक्राउ गरेको छ।
सोमबार साँझ नेपाल निजामती कर्मचारी संगठनका अधिकारीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।
केदार देवकोटा, मोहन घिमिरे, रेवन्त गौतम, लेखनाथ कोइरालासहित ९२ भन्दा बढी कर्मचारीका नेताहरूलाई पक्राउ गरेको हो ।
देवकोटा पक्षीय कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेपछि केहीबेर झडपको स्थितिसमेत पैदा भएको थियो ।
केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला गरी आ-आफै अध्यक्ष भएको घोषणा गरेका थिए । सङ्गठनमा आ-आफ्नै दाबीसहित मिडियाबाजीमा लागेका उनीहरू एउटाले कार्यालय नछोड्ने र अर्कोले कब्जा गर्ने तर्फ लागेपछि आजको झडको स्थिति पैदा भएको सहभागी एक अधिकारीले प्रशासनलाई बताए ।
प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरका अनुशार झडपको स्थिति पैदा भएपछि दुबै पक्षका गरी ९२ जना कर्मचारीलाई नियन्त्रणमा लिई झै झगडा नगर्ने शर्तमा छोडिएको छ ।