सुनको मूल्य दुई सयले घट्यो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुनको मूल्य दुई सयले घट्यो


४ आश्विन २०७८, सोमबार


सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैया कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैया थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस