साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री


३ आश्विन २०७८, आइतबार


वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् ।

नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिंकेनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन् ।

साथै उनले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरेका छन् । ब्लिंकेनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गरेका छन् ।

यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस