२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धभूमि हाइड्रोपावरको आइपिओ असोज ११ गतेदेखि खुल्ने

अ+ अ-

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ।

अङ्कित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।

कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैङ्क खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ। आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।

त्यसअघि साहस ऊर्जाको आइपिओ असोज ६ गतेदेखि खुल्नेछ। साहस ऊर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गर्ने भएको हो। यसमध्ये ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ।

सिडिएससीको मेरो सेयर र आफ्नो बैङ्क खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ।

इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ।

यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ।

ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस