नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ।

आइतबार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो।

आजको बैठकमा विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार आज स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुन्छ। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दै छ।

विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस