२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

अ+ अ-

गण्डकी । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रत्येक नागरिकले न्यायको अनुभूति हुने गरी न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए । न्यायप्रणालीलाई समय सापेक्ष छिटोछरितो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि साधनस्रोेतको अभाव हुन नदिनेतर्फ राज्य लाग्नुपर्नेमा उनको जोड थियो । कोरोना कहरका कारण न्याय सेवा पनि प्रभावित भएको उल्लेख गर्दै न्यायाधीश कार्कीले यसका कारण मुद्दा फछ्र्यौटमा ढिलासुस्ती हुन गएको स्पष्ट पारे ।

कोरोनाको कारण अदातलको सेवा बन्द हुँदा न्यायसम्पादनमा अप्ठयारो परेपनि त्यस अवधिमा फैसलाको लेखन प्रक्रिया अघि बढाइएको उनले बताए। सर्वोच्च अदालतका अर्का न्यायाधीश सपना मल्ल प्रधानले न्याय सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिंँदै प्रविधियुक्त न्याय सम्पादन प्रणाली अहिलेको आवश्यकता भएको बताए ।

समाजका गरिब, निमुखा तथा असहाय सबैले न्याय पाउने गरी सेवा प्रवाह गर्नुपर्न बताउँदै उनले आर्थिक विपन्नता, गरिबी आदि कारणवाट न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश बालकृष्ण उप्रेतीले प्रविधिमैत्री न्याय सम्पादनका लागि आवश्यक पूर्वाधार एवं दक्ष जनशक्तिको आवश्यकता औँल्याए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सरोकारवाला सबै पक्षको रायका आधारमा न्यायसम्पादन गर्दै आएको बताउँदै न्याय प्रणालीमा कागजलाई विस्थापित गर्दै प्रविधियुक्त बनाइनुपर्ने आवश्यकता औँल्याए । सर्वोच्च अदालतका सह–रजिष्टार विमल पौडेलले रणनीतिक योजना तथा फरक मुद्दा व्यवस्थापन पद्धति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, न्याय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्था, स्थानीय तह, नागरिक समाज लगायतको सो कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस