बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


२ आश्विन २०७८, शनिबार


चरीकोट । दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौँ फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस