कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्।

इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।

इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस