२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा पनि गुड्न सकेन रेल

अ+ अ-

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुई वटा रेल आएको एक वर्ष पूरा भएको छ ।

गत वर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठुलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आम नागरिकमा ठुलो आशा पलाएको थियो तर रेल आएको ठिक एक वर्ष पुग्दा पनि त्यो रेल चल्ने छाँटकाँट देखिएको छैन । इनरुवा स्टेसनमा दुई वटा रेल एक वर्षदेखि पार्किङ गरिराखिएको छ ।

रेल सञ्चालनमा नआउँदै दुई वटै रेलको ‘वारेन्टी’ अवधिसमेत समाप्त भइसकेको छ । दुई वटै रेलमा निर्माण कम्पनीले एक वर्षको ‘वारेन्टी’ दिएको थियो । त्यसै गरी रेल छोपिएको त्रिपाल चिराचिरा भइसकेका छन् । एक वर्षदेखि घाम पानी सहँदै आएको रेल जीर्ण बन्दै गएका छन् ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले प्राविधिक र कानुनी काम पूरा गर्न बाँकी रहेका कारण जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको बताए। उनले रेलसम्बन्धी कानुन संसद्बाट पारित हुन नसक्दा रेल सञ्चालनमा झन् ढिलाइ भएको स्पष्ट पारे । उनले भने, ‘अध्यादेशमार्फत आएको रेलसम्बन्धी विधेयक संसद् बसेको मितिले साठी दिनभित्र संसद्बाट पारित गर्नुपर्ने हो तर सो हुन सकेन । भदौ ३० गतेसम्म अन्तिम म्याद रहेको थियो । निर्धारित समयभित्र संसद्बाट पारित हुन नसकेपछि रेलसम्बन्धी विधेयक निष्क्रिय भइसकेको छ । सरकारले पुनः रेलसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने हुन्छ ।’’

उनले अगाडि भने, ‘रेलसम्बन्धी कानुन संसद्बाट पारित नभएसम्म रेल सञ्चालन गर्न सकिँदैन । रेल सञ्चालनका लागि त कानुन चाहियो । अहिलेसम्म रेल सञ्चालनमा आउन नसक्नुमा सबभन्दा ठुलो पक्ष यही हो ।’

त्यसै गरी कुर्थादेखि जयनगरसम्म भारतले तयार गरेको रेल–वे पूर्वाधार नेपाललाई अहिलेसम्म हस्तान्तरण हुन नसक्दा रेल सञ्चालनमा आउन नसक्नुको दोस्रो कारण रहेको महानिर्देशक भट्टराईको भनाइ छ ।

सो रेल सेवा सञ्चालनका लागि नेपाल र भारतबीच निर्माण भएको रेल–वे सञ्चालन कार्यविधि (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर, एसओपी) मा अहिलेसम्म दुवै मुलुकले हस्ताक्षर गर्न नसक्दा सेवा सञ्चालनमा आउन नसकेको उनले बताए । नेपाल रेल–वे कम्पनी र भारतको कोंकर्ण रेल–वे कर्पोरेसन लिमिटेडबीच भएको सम्झौताबमोजिम अहिलेसम्म नेपालले भारतीय कम्पनीलाई ‘एडभान्स’ भुक्तानी रकम नपठाउँदासमेत कतिपय काम अगाडि बढ्न नसकेको उनले बताए।

सम्झौताअनुसार नेपालले भारतलाई भारु २२ करोड पठाउनुपर्ने हो, जसको ‘एडभान्स’ स्वरूप बीस प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हो । सो रेल सञ्चालनका लागि चाहिने मुख्य जनशक्ति एक वर्षसम्म कोंकर्ण रेल–वे कर्पोरेसन लिमिटेडले नै उपलब्ध गराउने गरी सो सम्झौता गरिएको हो ।

रेलसम्बन्धी कानुन आइसकेपछि पूर्वाधार हस्तान्तरण र ‘एसओपी’ मा हस्ताक्षर र ‘एडभान्स’ भुक्तानी ठुलो समस्या नरहेको महानिर्देशक भट्टराईको तर्क छ ।

यसैबीच नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले सो रेल सेवा सञ्चालनका लागि बाँकी रहेका कानुनी र प्राविधिक काम अगाडि बढाइसकिएको बताउँदै यसै वर्षको मङ्सिर विवाह पञ्चमीबाट रेल सञ्चालनमा आउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस