२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षमा रहे पनि समृद्ध नेपालका लागि पार्टी सक्रिय : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यपूर्तिप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन्।

एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताए । ‘आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन् । एमाले जस्ताको तस्तै छ । पार्टीबाट चोइटिएर गएका कार्यकर्तालाई म पुनःमूल पार्टीमा फर्कन आग्रह गर्दछु’, अध्यक्ष ओलीले भने, ‘माओवादी केन्द्रबाट एकतामा आएकामध्ये पनि ठूलो हिस्सा हामीसँग छ ।’

अध्यक्ष ओलीले एमाले कार्यकर्ताको जगमा उभिएको पार्टी भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा बजेट शून्यता सिर्जना गरेको आरोप लगाए । एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी सरकारमा हुँदा भएका कामको समीक्षा गरेर जनताका बीचमा पुग्नुपर्ने बताइन् ।

पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी असोज १५ देखि १७ सम्म हुने विधान अधिवेशनले नीति र सङ्गठनको संरचनाबारे पुनरावलोकन गर्ने जनाए। उनले १० बुँदे प्रस्तावलाई पार्टीभित्र रचनात्मकरुपमा कार्यान्वयन गर्ने जानकारी दिए ।

पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज रामबहादुर थापा ‘बादल’ ले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएकाले यसको नेतृत्वमा समृद्धि हुँदै समाजवादको लक्ष्यमा पुग्नुको विकल्प नभएको बताए । पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ५ का जनप्रतिनिधि बबिता कुइँकेल र गुणकेशरी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरे पनि एमालेमा रहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस