२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ’

अ+ अ-

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका चार वटा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेका आयोजनाका विवरण प्रस्तुत गरेका छन् ।

जिससमा आज (बिहीबार) भएको आव २०७७/७८ को वार्षिक समीक्षा गोष्ठीमा चार वटै नगरपालिकाको प्रस्तुतिपछि प्रतिनिधिसभाका सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले स्थानीय तहले अरुको अस्तित्व स्वीकारे मात्रै सङ्घीयता पूर्ण रुपमा कार्यान्वयनमा आउने बताए।

नगरपालिकाले जिसस, प्रदेश सरकार र सङ्घीय सरकारलाई नस्विकार्ने हो भने सङ्घीयता प्रभावकारी कार्यान्वयनमा आउन नसक्ने बताउँदै उनले भने, ‘स्थानीय तहले हामी अरुको अस्तित्व स्वीकार गर्दैनौँ भन्न पाइँदैन, सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुस्, असहमति छन् भने राख्नुस् ।’

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विगतको जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति फरक रहेको भन्दै संविधानले स्थानीय तहलाई दिएको २२ वटा अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए। स्थानीय तह स्थानीय सरकार भए पनि कर्मचारीको बलमा अहिले पनि स्थानीय सरकारलाई नस्विकार्ने र पुरानै ढर्रामा लैजान खोज्दा अन्तर विरोध रहिरहेको भन्दै कर्मचारीलाई नयाँ संविधान पढाउनुपर्ने बेला आएको टिप्पणी गरे।

नगरप्रमुख श्रेष्ठले भने, ‘सङ्घीयताको मर्म विपरीत नगरपालिका जाँदैन तर संविधानले दिएको अधिकार विपरीत पुरानै परम्पराअनुसार मन्त्रालयदेखि कार्यालयसम्मका सचिवदेखि कर्मचारीसम्मले सही गरेर पत्र पठाएर यसो गर, उसो गर भन्छन्, स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्छन् भने स्थानीय सरकारले त्यसलाई हस् हजुर भनेर मान्न सकिँदैन ।’

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिससलाई संविधानले नै समन्वयात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएको बताए । उनले सङ्घीय, प्रदेश र स्थानीय तह एक अर्काको परिपूरक भएको भन्दै यसलाई कार्यान्वयन गर्न नसके सङ्घीयता कार्यान्वयनमा आउन नसक्ने बताए। उनले पाँच वर्ष अगाडिको भक्तपुर र अहिलेको भक्तपुरको स्तर कति उकासियो, जनताको जीवनस्तर कति उकासियो, मूल्याङ्कन गर्ने बेला आएको भन्दै चार वटा नगरपालिका विकासमा एकै ठाउँ नउभिँदा आएको धेरै विकास गुमेको टिप्पणी पनि गरे।

गोष्ठीमा भक्तपुर नगरपालिकाका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले वार्षिक प्रगति पेस गरेका छन् । नगरपालिकापछि जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले प्रस्तुति दिनेछन् ।