२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीका समस्या हल गर्न पहल गरिँदै

अ+ अ-

सुरुङ्गा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताएका छन् ।

मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए ।

कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठुलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए। ढकालले भने, ‘देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ, बैङ्कको ब्याजदेखि घर भाडासम्मका कुरा आउँछन्, आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ, यसका लागि सरकारलाई हामीले बारम्बार घचघच्याइरहेका छौँ ।’

महासङ्घले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा महासङ्घका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गरेका थिए ।

सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवसायी र एक सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुने सङ्घका अध्यक्ष प्रितम खड्गीले बताए । सोह्र पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले आज निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टोली चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस