असोज पहिलो सातादेखि हवाई टिकट बुकिङ खुला गर्ने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असोज पहिलो सातादेखि हवाई टिकट बुकिङ खुला गर्ने तयारी


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ। वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि भोलि (शुक्रबार) बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

दसैँ, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाई सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताए ।

‘वर्षातका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भने ,‘त्यसैले यसबारे विस्तृत निर्णय भोलि(शुक्रबार) को बैठकले गर्नेछ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

उनका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाज मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । दसैँ, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस