बैङ्किङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका एक व्यक्ति पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैङ्किङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका एक व्यक्ति पक्राउ


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा तीस लाख जरिवाना पाएका एक व्यक्ति पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बुने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो।

उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैङ्किङ कसुरको मुद्दामा तीस लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए।

प्रहरीले उनलाई खोजी गरी सोमबार पक्राउ गरेको महाशाखाले जनाएको छ। उनलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस