दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ ।

गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ ।

आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद् सचिवालयले जानकारी गराएको छ ।

बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना काटिएको, अघिल्लो सरकारका महत्त्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस