२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा

अ+ अ-

बलेवा । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदर कुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुई वटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। उनका अनुसार दामोदर कुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको उनले बताए।

यसै गरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदर कुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए । ‘मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्’, उनले भने, ‘मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटवर्क विस्तार भएकाले अब समस्या हुँदैन ।’

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा सामान्य विद्युत्को पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्य ऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अवरुद्ध नहुने प्रमुख शर्माले बताए ।

बागलुङका सबै गाउँमा फोरजी तयारी

टेलिकमले आउँदो दसैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्च गतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो ।

‘अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ’, प्रमुख शर्माले भने, ‘दसैँसम्ममा पाँच वटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।’

प्रतिक्रिया दिनुहोस