२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

अ+ अ-

काठमाडौँ । इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिआइएसएम)को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई औपचारिकरूपमा विदाइ गरेका हुन् । सन् २०१८ मा नेपाली सेनाले सिआइएसएमको सदस्यता प्राप्त गरेपछि सन् २०१९ मा चीनको हुआनमा आयोजना गरिएको सातौँ सिआइएसएम वल्र्ड गेम्समा १३ खेलमा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो ।

मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी (टिम क्याप्टेन), सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा (कोच) तथा जमदार श्याम खड्का (मेडिकल स्टाफ) र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री छन् । खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा छन् ।
अधिकांश खेलाडीले १३औँ साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसकेका छन् ।

सो अवसरमा प्रधानसेनापति शर्माले विश्वमा गोर्खाली फौजको गौरवशाली नाम राख्न सफल नेपाली सेनाका खेलाडीले यस प्रतियोगितामा पनि विजय हासिल गरी नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे । उनले खेलले खेलाडीमा आत्मविश्वास, अनुशासन र उदाहरण प्रस्तुत गर्न मद्दत पुग्ने बताउँदै शारीरिक, मानसिक र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सहयोग पुग्दछ भने । उनले प्रशिक्षणमा सिकेका ज्ञान र सीपको उपयोग गरी आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन पनि खेलाडीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा महासेनानी शशिकिरण रायमाझीले खेल र खेलाडीको बारेमा जानकारी दिएका थिए । सो प्रतियोगितामा नेपाललगायत विश्वका ३९ देशका ४९ महिला खेलाडीसहित झण्डै ३०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस