मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहसँग शैक्षिक क्षेत्र सुधारबारे संवाद « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहसँग शैक्षिक क्षेत्र सुधारबारे संवाद


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले “सोनसिक साझा मञ्च–भाग ३” को तेस्रो शृङ्खलामा मध्य–पश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्द बहादुर सिंहसँग संवाद गरेको छ ।

सोनसिक साझा मञ्च मार्फत समाजको शैक्षिक नेतृत्व लिएका सक्दो धेरै व्यक्तिलाई जोड्ने र नेपालका विश्वविद्यालयका उपकुलपतिहरू, अनुसन्धान केन्द्रका प्रमुखहरू, नास्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरतहरू, निजी क्षेत्र बाट प्रयत्न गरिरहेकाहरू तथा देश विदेशमा रहनु भएका विज्ञ अनुसन्धाताहरूलाई समेटिँदै आएको सोनसिक सभापति दीर्घ राज जोशीले बताए ।

उपकुलपतिले आफ्नो नेतृत्वमा मध्य–पश्चिम विश्वविद्यालयमा भइरहेका सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश पार्दै आमूल रूपान्तरणको बाटोमा लागेको बताए । स्वायत्त विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धाबाट रजिस्टार, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखहरू, प्राध्यापकहरू, अनुसन्धाताहरू तथा कर्मचारीहरूको छनोटमा आफू निकै ऊर्जासहित सिंहको भनाई थियो ।

विश्वमा भइरहेका अनुसन्धानहरूबारे चर्चा गर्दै चाल्नु पर्ने कदमका बारेमा बताएका सिंहले समग्रमा विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नु पर्ने र त्यसका लागि विश्वविद्यालयमा दलीय राजनीति पूर्वरूपमा बन्द हुनुपर्ने बताए ।

नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनु पर्ने कुरालाई जोड दिँदै सिंहले विश्वविद्यालयलाई विश्व स्तरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका तथा हुने भौतिक संरचनाहरू तथा अन्य अनुसन्धान संरचनाहरू माथि प्रस्तुति दिएका थिए ।

अर्को हप्ता सोनसिक साझा मञ्चको अर्को भागमा सोनसिकमा २००४ देखि योगदान पुर्‍याएका सबैलाई बोलाएर संवाद गर्ने तयारी भइरहेको सभापति जोशीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस