प्रतिनिधिसभाबाट बजेटसम्बन्धी तीन विधेयक पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाबाट बजेटसम्बन्धी तीन विधेयक पारित


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।

एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो ।

ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस