तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड, २२ लाख ८१ हजार बढी आवेदकको हात खाली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड, २२ लाख ८१ हजार बढी आवेदकको हात खाली


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ आज (शुक्रबार) बिहान बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् भने २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएकोमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै रुजु भएका छन् भने ८ हजार ८२० जना आवेदकको आवेदन रद्द भएको छ ।

थप १ लाख ८ हजार ७६० कित्तामा पनि रद्द गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट सेयर बाँडफाँड गरिएको थियो ।

कुल ८ लाख कित्ता आईपीओ जारी गरेकोमा जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस