प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष सुमार खुमलटारमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष सुमार खुमलटारमा


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् ।

प्रचण्डसँग भेटेर एमसिसी पारित हुने वातावरण बनाउन आग्रह गर्नुका साथै एमसीसीबारे विश्वस्त गराउन केही बेर अघि उनी खुमलटारस्थित निवास पुगेको जानकारी प्राप्त भएको छ ।

बिहीबार नेपाल आएकी उनले सुरुमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेकी थिइन् । हिजै उनले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आज उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस