एकीकृत समाजवादी संसदीय दलको विधान पारित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकीकृत समाजवादी संसदीय दलको विधान पारित


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।

यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस