चितवन राष्ट्रिय निकुञ्जमा डमरु मृत अवस्थामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवन राष्ट्रिय निकुञ्जमा डमरु मृत अवस्थामा


२३ भाद्र २०७८, बुधबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।

कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डमरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ । मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ।

आर्थिक वर्ष २०७८/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस