विप्लवले गरे एमसीसीविरुद्ध आन्दोलनको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लवले गरे एमसीसीविरुद्ध आन्दोलनको घोषणा


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

मंगलबार (आज) नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौँमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ ।

विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस