काँग्रेसले लड्ने आँट गरेको छैनः अध्यक्ष ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसले लड्ने आँट गरेको छैनः अध्यक्ष ओली


२२ भाद्र २०७८, मंगलबार


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।
मंगलबार (आज) कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताएका छन् ।

स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको उनले बताए । ओलीले भने, ‘काँग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्यूँसो !’

हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको ओलीले बताए ।

‘थुप्रै नेताहरु कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो, ’ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस