नेपाल टेलिकमको ब्याट्री चोरेको अभियोगमा एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमको ब्याट्री चोरेको अभियोगमा एक जना पक्राउ


२२ भाद्र २०७८, मंगलबार


पक्राउ

गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा भाडामा बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो ।

उनले चोरी गरेर ब्याट्री लगेको भन्ने सूचना पाउनेबित्तिकै बुटवलस्थित उनको डेरामा गएर खानतलासी गर्दा ब्याट्री बरामद भएको बताइएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका–६ धुर्कोटकोटमा रहेको पुरानो टावरबाट ४८ वटा ब्याट्री चोरी भएको भन्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय तम्घासको पत्र प्राप्त भएपछि चोरीमा संलग्न रहेको अभियोगमा सत्येन्द्रलाई पक्राउ गरेको हो ।

गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस