२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिदैन’

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन्।

नेपाल महिला उद्यमी महासङ्घले भदौ १७ गतेदेखि सुरु गरेको ‘पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।

‘मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु बिक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ,’ उनले भने ।

अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको सङ्ख्या दुई लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए ।

व्यापार निकासी प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

महासङ्घकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा एक लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।

महासङ्घकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन् । महासङ्घकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासङ्घले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ प्रदर्शनी कक्ष राखिएको थियो ।

महासङ्घकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ जिल्लामा महिला उद्यमी सङ्घ गठन भए पनि पाँचौँ मेलामा भने २४ जिल्लाका महिला उद्यमी सङ्घको सहभागिता रहेको थियो ।

उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी सङ्घ गोरखा प्रथम, महिला उद्यमी सङ्घ सङ्खुवासभा द्वितीय र महिला उद्यमी सङ्घ बाँके तृतीय भएका थिए ।

प्रतिक्रिया दिनुहोस